You are viewing the translated version of मतदाता कायम हुने.
Rule 4
मतदाता कायम हुने
(१) नियम ३ बमोजिम परिषद्ले निर्वाचन कार्यक्रम तोक्नु भन्दा अघिल्लो दिनसम्म ऐनको दफा १७ बमोजिम नाम दर्ता भई विवरण अध्यावधिक गराएका पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी उपाध्यक्ष र ऐनको दफा ५ को उपदफा (१) को खण्ड (घ) र (ङ) बमोजिमका सदस्यको निर्वाचनको लागि मतदाता हुनेछन्।
(२) ऐनको दफा ५ को उपदफा (१) को खण्ड (घ) बमोजिमको सदस्यको निर्वाचनको लागि प्रदेश कानून बमोजिम दर्ता भएका पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीमात्र उक्त पदको निर्बाचनमा मतदाता हुन सक्नेछन्।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित प्रदेशको कानून नबनेसम्म ऐनको दफा ५ को उपदफा (१) को खण्ड (घ) बमोजिमको सदस्यको उम्मेदवार तथा मतदाता हुनका लागि परिषद्ले सम्बन्धित प्रदेशमा कार्यक्षेत्र तोकेको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी निर्वाचनको लागि मतदाता हुन सक्नेछ।